देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

देशान्तर

काठमाडौँ सिरियामा विद्युतीय धरापमा पारेर कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको छ । सिरियाली सैनिक सबार बस मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।

बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ । त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।

सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।