देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसको ८८ लडाकु विमान नष्ट गरेको युक्रेनको दाबी

देशान्तर

काठमाडौं । युक्रेन–रुस युद्धका क्रममा ८८ वटा रुसी लडाकु विमान नष्ट गरिदिएको युक्रेनले दाबी गरेको छ ।
युक्रेनको रक्षा मन्त्रालयले रुससँगको संघर्षको दैनिक रिपोर्ट दिने क्रममा अहिलेसम्म रुसको ८८ वटा लडाक जहाज तथा हेलिकोप्टर नष्ट गरेको जनाइएको छ ।

अहिलेसम्म कैयौं रुसी पाइलटलाई पनि नियन्त्रणमा लिएको युक्रेनी रक्षा मन्त्रालयको दाबी छ । युक्रेनको महत्वपूर्ण बन्दरगाह रहेको दक्षिणपूर्व शहर मारियूपोलमा युक्रेनी सेनाले रुसी सेनाले आक्रमण गरिरहेको पनि मन्त्रालयको दाबी छ । साथै युक्रेनको दक्षिणी क्षेत्र मायकोलेवमा ठूलो मात्रामा रुसी बन्दोबस्तीका सामान कब्जा गरिएको पनि जनाइएको छ ।

युक्रेनी सेनाको प्रतिरोधपूर्ण संघर्ष देखेर रुसी सेनाको मनोबल कमजोर भएको समेत युक्रेनको रक्षा मन्त्रालयले आजको रिपोर्टमा उल्लेख छ ।
युक्रेनी सेनाको दाबीको स्वतन्त्र पुष्टी भने हुन नसकेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आफ्नो सेनाको क्षतिबारेमा कम मात्रै जानकारी दिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।