देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाँडै संघीय निजामती सेवा ऐन जारी गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताएका हुन् । उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए । जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्ने उनको भनाई थियो ।

‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ ।