देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुटिनको टाउकाको मूल्य १० लाख डलर

देशान्तर

काठमाडौं । एक सातादेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धमा परेर सयौले ज्यान गुमाइसके । यसबीच एक रुसी व्यापारी आफ्नै देशका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रोशित भएका छन् ।

हाल अमेरिकामा रहेका ति व्यापारीले रुसी सैनिक अधिकारीलाई खुला प्रस्ताव राख्दै राष्ट्रपति पुटिनलाई मार्ने वा गिरफ्तार गर्नेलाई १० लाख डलरको प्रस्ताव गरेका छन् ।

व्यापारी तथा पूर्व बैंकर एलेक्स कोन्याखिनले सामाजिक सञ्जालमा पोष्ट गर्दै यसबारे जानकारी दिएका हुन् । कोन्याखिनले मंगलबार पोस्टमार्फत रूसी र अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराधीका रूपमा पुटिनलाई पक्राउ गर्न वा मार्न अधिकारीहरूलाई पैसा दिने वाचा गरेका हुन् ।