देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।