देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्।

कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट लामा सभापतिमा चयन भएका हुन्।

सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो।

सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई समर्थन गरेपछि दोस्रो चरणको चुनाव नगरीकनै सभापतिको छिनोफानो लागेको छ। सोमबारको निर्वाचनमा लामाले ५९२ मत पाएका थिए भने दोस्रो भएका पराजुलीले ५४५ मत ल्याएका थिए।

तेस्रो हुने इतर समूहका जयराम लामिछाने ५३१ मत पाउँदै निर्वाचनबाट बाहिरिएका थिए। इतर समूह पहिलो चरणको निर्वाचनबाट बाहिरिएपछि दोस्रो चरणमा संस्थापन पक्षका लामा र पराजुलीबीच सहमति भएको हो। पराजुली र लामाबीच पहिलो चरणको निर्वाचनमा बढी मत आउनेलाई समर्थन गर्ने सहमति यसअघि नै भएको थियो।

सोहीअनुसार पराजुलीले लामालाइ सभापतिमा समर्थन गरेका हुन्। दुवैजना संस्थापन पक्षका भए पनि पराजुलीलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको साथ थियो भने लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समर्थन गरेका थिए।

कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलोपटक तामाङ समुदायबाट नेतृत्व पाएको छ।

यसअघि २०४६ सालपूर्व सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए। कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रदेश सभापति बानियाँको पहलमा लामा र पराजुलीबीच सहमति भएको थियो।