देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले आज एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै

देशान्तर

काठमाडौँ – अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गरेको त्यसबारे जानकारी दिन लागेका हुन् ।

पत्रकार सम्मेलन मार्फत एमसीसी, स्थानीय निर्वाचन र समसामयीक राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिन लागेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

फागुन १५ गते आइतबार प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको छ । त्यससँगै सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रले समेत त्यसबारेमा प्रष्ट पारिसकेको छ भने एकीकृत समाजवादीले आजै पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागेको छ ।