देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसको आक्रमणबाट विश्वकै ठूलो जहाजमा क्षति

देशान्तर

काठमाडौँ-रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्‍याएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् ।

पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेश मन्त्री कुलेबाले सो खुलासा गरेका हुन् । रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।

रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो । ‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’ लाई रुसी अतिक्रमणकारीले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउने छौँ । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्ने छौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन् ।’