देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य प्रतितोला १४ सयले घट्यो

देशान्तर

काठमाडौँ –नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको को मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ४०० र चाँदी ४० रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आइतवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० तोकिएको छ। शुक्रवार ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। ​

त्यस्तै‚ आज चाँदीको प्रतितोला मूल्य एक हजार २९५ तोकिएको छ। शुक्रवार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।