देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनका राष्ट्रपतिले मोदीलाई टेलिफोन गरेर के भने ?

देशान्तर

काठमाडौं-युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । जेलेन्स्कीले ट्वीटमार्फत भारतका प्रधानमन्त्री मोदीलाई युक्रेनमा रुसी हमला जानकारी गराएको बताएका छन् ।

उनले मोदीलाई युक्रेनमा एक लाखभन्दा बढी रुसी सैनिक पसेर अन्धाधुन्ध गोली चलाएको जानकारी गराउँदै आक्रमण रोक्न भारतको सहयोग मागेका छन् । साथै भारतलाई सुरक्षा परिषदमा युक्रेनको समर्थन गर्न र रुसी सैनिकसँग लड्नमा सहकार्य गर्न आग्रह गरेका थिए ।

भारतका प्रधानमन्त्री मोदीले के जवाफ दिए भन्ने जेलेन्स्कीले उल्लेख गरेका छैनन् । भारत युक्रेन(रसिया तनावमा मौन छ ।

यसअघि मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेर युक्रेनमा हिंसा अन्त्य गर्न र कुटनीतिक समाधान खोज्न अपिल गरेका थिए ।