देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलामा १ हजारले घट्यो सुनको मूल्य

देशान्तर

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। बिहीवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। ​त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँ घटेको छ। आज प्रतितोला मूल्य १ हजार ३३५ रुपैयाँ तोकिएको छ।