देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन खानीमा विस्फोट हुँदा ६३ जनाको मृत्यु

देशान्तर

 

काठमाडौँ-बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ ।

सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।

सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो ।