देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, के भयो छलफल ?

देशान्तर

काठमाडौँ- चीन र अमेरिकी विदेशमन्त्रीबीच मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनिहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको एक विज्ञप्तिमा जनाइएको छ ।

त्यस क्रममा उनिहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो धारणा राखिएको बताइएको छ ।