देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

देशान्तर

काठमाडौँ – बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९६ हजार पाँचसय रुपैयाँमा झरेको छ ।

तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १३ सय १५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।