देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुस र युक्रेनको तनावका कारण तेलको मूल्यमा वृद्धि

देशान्तर

काठमाडौँ-रुस र युक्रेनबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य भारी वृद्धि भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल ९७ दशमलब ४४ डलर मूल्य पुगेको छ । पृथकतावादीहरुको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिँदै आफ्ना सेना पठाउन आदेश दिएको छ । रुसको निर्णयबाट रुष्ट बनेका बेलायत तथा अन्य पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

युक्रेन र रुसबीच बढ्दो तनावका कारण विश्वभर तेल आपुर्तिको सञ्जालमा प्रभाव पर्न सक्ने शंका गरिएको छ । रुस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक राष्ट्र पनि हो ।

अर्थविदहरुले रुसमाथि कुनै पनि किसिमको प्रतिबन्ध लगाइए विश्वभर कच्चा तेल र प्राकृतिक ग्यासको आपुर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा यसले असर पार्ने बताएका छन् । साथै, कच्चा तेलको मूल्य प्रति ब्यारेल एक सय डलरसम्म पुग्ने अनुमान गरिएको छ ।