देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलबार सुन र चाँदीको मूल्य वृद्धि

देशान्तर

काठमाडौं – नेपाली सुनचाँदी बजारमा मंगलवार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ८०० र चाँदी १५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। सोमबार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ। यसको मूल्य सोमवार प्रतितोला ९५ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै‚ मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।