देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाको विशेष साधारण सभा स्थगित

देशान्तर

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ ।

एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।