देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकमको अफरै अफर, यसरी प्रयोग गर्नुस्

देशान्तर

काठमाडौं-नेपाल टेलिकमले फाल्गुन महिना लागेपछि विभिन्न अफरहरु ल्याइरहेको छ ।

नेपाल टेलिकमले प्रजातन्त्र दिवसका अवसरमा शनिवार भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै टेलिकमले एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । यो अफर शनिवार एक दिनका लागि उपलब्ध हुनेछ ।

हालै व्यावसायिक सञ्चालनमा ल्याएको भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

साथै, सोही अवसरमा फागुन ७ गते एमपोसबाट गरिने रु। २०० देखि रु। ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु। ५०० वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने भएको छ ।