देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

देशान्तर

काठमाडौँ — ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै केवल ११७ रन बनाउन सकेको छ ।

नेपालकोतर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

नेपालका ५ जना ब्याट्स्म्यानले मात्रै दोहोरो रन बनाउन सके । पहिलो ओभरदेखि नै फितलो सुरुआत गरेको नेपालले आसिफ सेखलाई केवल ६ रनमा गुमाएको थियो । उनले व्यक्तिगत ४ रन बनाउँदै बिलाल खानको बलमा क्याच आउट भएका थिए ।

सेखसँगै विकेटको पतन नेपालको ब्याटिङक्रम ओमानको बलर सामु निरिह हुँदै पेभिलियन फर्किने क्रम सुरु भएको थियो । त्यसपछि नेपालका कुशल भुर्तेल केवल ५ रन बनाउँदै बिलालकै बलमा आउट भएका थिए ।