देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एपीएफले मनाङलाई हरायो, एनआरटी शीर्ष ५ मा

देशान्तर

काठमाण्डौ – शहीद स्मारक एु डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍यो । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो । एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे ।

आजको जितसँगै एपीएफ रेलिगेशनमा पर्ने सम्भावना सकिएको छ । एपीएफको १४ अङ्क भएको छ । मनाङ २० अङ्कसहित दोस्रो स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा न्युरोड टिम एनआरटी ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे ।

जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटौँ स्थानमा झरेको छ ।