देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

देशान्तर

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बिहिबार दशरथ रंगशालामा एक खेल हुँदा एन्फा कम्प्लेक्स सातदोबाटोमा अर्को एक खेल हुने छ ।

लिगको ११ औं चरण अन्तर्गत बुधबारको खेलबाट लिग च्याम्पियनको टुंगो लागिसकेको छ । अब दोस्रो स्थान र रेलिगेशन होडका लागि हुने प्रतिस्पर्धा रोमाञ्चक हुने आँकलन गरिएको छ ।

दशरथ रंगशाला मनाङ दोस्रो स्थान बलियो बनाउने ध्याउनमा रहँदा यि दुई बिचको खेल दिउँसो १ बजे सुरु हुनेछ । मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ । त्यस्तै एपीएफ भने १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफ पनि मनाङलाई हराएर अंक तालिका थप सुधारको प्रयासमा हुने छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको अर्को खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।