देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक १९.८४ अंकले गिरावट

देशान्तर

काठमाडौं – शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ । आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह र निर्जिवन बिमा उपमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । जसमा अन्य उपसमूह ०.४४ र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ ।

तर, एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।