देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्ड सञ्चालनमा ल्यायो

देशान्तर

काठमाडौं-कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्ड सञ्चालनमा ल्याएको छ ।

सोमबार एक कार्यक्रम गरी अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो ।

अस्पतालले शुरुवाती चरणमा १५ शौय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारले जर्मन अर्गनाइजेशनअन्तर्गत नेपाल मेटको सहयोगमा यो सेवा शुरु गरिएको बताउनुभयो ।

उहाँले नेपाल मेटले शुरुवाती चरणदेखि नै अस्पताललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र त्यसै अन्तर्गत बाल चिकत्सा वार्डमा पनि सहयोग गरेको बताउनुभयो ।