देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हराएको खोपबारे प्रतिवेदन तयार

देशान्तर

काठमाडौं -कोरोना भाइरस संक्रमणविरुद्धको खोप हराएपछि गठित समितिले प्रतिवेदन तयार गरेको छ ।

डा। गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले हराएको खोपबारे तयार गरेको प्रतिवेदन सोमवार स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई बुझाएको छ ।

खोपको संख्या र बजारमा उठेको विषयबारे सत्यतथ्य छानबिन गर्न भन्दै समिति गठन गरिएको थियो ।

नेपाली जनताका लागि भन्दै विदेशबाट प्राप्त भएको २४ लाख डोज खोप हराएको चर्चा चलेपछि त्यसबारे सत्यतथ्य पत्ता लगाउन भन्दै स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको थियो ।

समितिले तयार गरेको प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।