देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार १ सय १ अङ्कले घट्यो, नेप्से २७ सय विन्दुमा झर्‍यो

देशान्तर

काठमाण्डौ -शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पाँच वटा कम्पनीको शेयर सामान्य बढेको छ ।