देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो

देशान्तर


काठमाडौं-हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुने जनाएको छ ।
नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै उक्त रोक लगाइएको हङकङ सरकारले जनाएको छ ।

हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतले कम गरेको छ र कुनैपनि ट्रान्जिटको अनुमति पनि दिएको छैन । कोरोनाभाइरस प्रकोपलाई नियन्त्रणमा लिन हङकङले विश्वबाट आफूलाई अलग तुल्याउने निणर्य गरेको हो ।
पछिल्लो समय चीनको वित्तिय सहर हङकङमा कोभिडका घरेलु मामिलामा तीव्र वृद्धि भैरहेको छ ।