देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ।