देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाइना स्टेटलाई सिद्धबाबा सुरुङमार्गको टेण्डर

देशान्तर

रुपन्देही- विभिन्न कारण देखाउँदै बुटवल–नारायणगढ सडकखण्ड तोकिएको समयसीमामा सम्पन्न गर्न नसकेको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न खोलिएको टेण्डर पाएको छ ।

बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरोग्रस्त क्षेत्र सिद्धबाबास्थित सुरुङमार्ग निर्माणका लागि लागत कबोलमा अन्य कम्पनी भन्दा चाइना‌ स्टेटले सबैभन्दा कम कबोल गरेकाले टेण्डर हात पारेको पाइएको हो । सडक विभाग स्रोतले दिएको जानकारी अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माणकार्य गर्न भएको ठेक्का आह्वानमा चाइना स्टेटले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा कबोल गरेको जनाएको छ ।

प्राविधिक रुपमा आर्थिक प्रतिस्पर्धा चार वटा निर्माण कम्पनीबीच भएको थियो । जसमा सबैभन्दा कम रकम चाइना स्टेटले कबोल गरेकाले छनेटमा परेको बताइएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन ९ईपीसी० ढाँचामा निर्माण गरिने भएको छ । सुरुङमार्गको बनावटी ढाँचा सम्बन्धित निर्माण कम्पनीले नै गर्नुपर्ने उल्लेख छ ।

ठेक्का प्रतिस्पर्धामा चीनकै प्रतिद्वन्द्वी कोभेक सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख, चीनकै सीसीईसीसी सीआरबीटी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख, चाइना फस्ट हाइवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको थियो ।

सबैभन्दा कम रकम कबोल गरेको चाइना स्टेटलाई नै टेण्डर स्वीकृत गर्न आयोजनाले सडक विभाग समक्ष सिफारिस गरेको हो । तर विभागले यसबारे निर्णय भने गरेको छैन ।

२७७ मंसिर १ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्न १० अर्ब १५ करोड बजेट विनियोजन सम्बन्धी निर्णय गरेको थियो ।