देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

देशान्तर

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको शिव मन्दिरमा आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

बालकुमारी माईको उक्त मूर्तिलाई अहिले सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।

यही माघ ९ गते मन्दिरबाट मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेका थिए ।