देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग

देशान्तर

काठमाडौँ -अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८–७८ को बजेटको अर्ध वार्षिक समीक्षा गर्दै उनले चुनाव सम्पन्न गर्न १० अर्ब रूपैयाँ मात्रै विभाजन गरेका बताए ।

‘चुनाव सम्पन्न गर्न बाँकी बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययनमा छौँ, स्रोत व्यवस्थापन गर्न चुनौती छ,’ उनले भने । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

यसका लागि निर्वाचन आयोगले १२ अर्बभन्दा बढी खर्च माग गरेको छ । यस्तै, सुरक्षा व्यवस्थापनमा करिब २७ अर्ब खर्च हुने जनाएको छ ।