देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३८ करोड रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्यान्ड होटल बन्द

देशान्तर

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्यान्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई त्यस होटलले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैयाँ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटल तथा क्यासिनो बन्द गराइएको हो । २०६७ भदौ २० गते मिनी क्यासिनो ९आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेल० को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्यान्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७६र७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७र७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी ३८ करोड रुपैयाँभन्दा बढी रकम नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए । ड्रिमल्यान्ड होटल र आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ ।