देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इमर्जिङ नेपालको आईपीओ खुल्यो, यसरी भर्नुहोस्

देशान्तर

काठमाडौं -जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ । सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो ।

१०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।

कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन ।