देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै

देशान्तर

काठमाडौँ -वाङ्मय शताब्दी पुरूष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । छातिमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

छातीमा निमोनिया देखिनाका साथै हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जानकारी दिए ।

उनलाई अहिले हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए ।

जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा राखिएको बज्राचार्यले जानकारी दिए ।

जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् ।