देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन र चाँदीको मूल्य बढ्यो

देशान्तर

काठमाडौं – सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ५०० र चाँदी पाँच रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले जारी गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रूपैयाँ तोकिएको छ। सोमबार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम गरिएको छ। यसको मूल्य सोमबार ९२ हजार १०० रूपैयाँ तोकिएको थियो।

यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ।