देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धितोपत्र बोर्ड अध्यक्ष कांग्रेसको भागमा

देशान्तर

 

 

 

 

 

काठमाडौं-नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम संक्षिप्त सूची (सर्ट लिस्ट) मा राखिएको छ । बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जना कांग्रेस समर्थकको नाम सर्टलिस्ट तयार गरेको हो ।

सर्टलिस्टमा रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका छन् । सर्टलिस्टमा परेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक र कटुवाल त्रिभुवन विश्व विद्यालयका प्राध्यापक हुन् । सर्टलिस्टमा परेका गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् ।

निकै बलिया प्रतिस्पर्धी मानिएका बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं र बोर्डका उपकार्यकारी निर्देशक डा. नबराज अधिकारी सर्टलिस्टमै नपरी बाहिरिएका छन् । सर्टलिस्टमा परेका पाँच जनालाई आगामी आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । आइतबार अन्तरवार्ता लिएर पाँच जनामध्येबाट तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा पठाउने छनोट समितिको तयारी छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार कांग्रेस निकट व्यक्ति नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने पक्का भएको छ । बोर्ड अध्यक्षका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले चासो दिएको र उनले चाहेकै व्यक्ति आगामी अध्यक्ष बन्ने स्रोतले बताएको छ ।