देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन लाइफ इन्स्योरेन्स आइओएस एपमा पनि

देशान्तर

 

 

 

 

 

 

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सको थप सुविधासहित आइओएस एप सार्वजनिक गरेको छ ।

इन्स्योरेन्स सेवालाई समयानुकूल परिस्कृत गर्दै ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत एप सार्वजनिक गरेको हो ।

ग्राहक र अभिकर्तालाई डिजिटल सेवा उपलब्ध गराउन एपले थप सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ ।

ग्राहकले एपबाट प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफूले इच्छ्याएको बीमा योजना, बीमा शुल्क र आवश्यक्ताअनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि निकाल्न सक्नेछन् ।

सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुक महानुभावहरूले पनि यसै एपबाट आवेदन दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

साथै कम्पनीले e-Sewa, Fonepay, Connect IPS लगायत डिजिटल बैकिङ्ग सुविधामार्फत अनलाईन भुक्तानीको व्यवस्थासमेत मिलाएको छ ।