देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा आजदेखि फाइजरको दोस्रो मात्रा खोप लगाइने

देशान्तर

काठमाडौं । काठमाडौँमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहमा फाइजरको दोस्रो मात्रा खोप लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाले जिल्ला खोप समन्वय समितिसंग मिलेर फाइजरको दोस्रो मात्रा खोप लगाउन लागेको हो ।

त्यसका लागि महानगरपालिकाका ३२ वटै वडालाई निर्देशन दिइएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने छ ।

खोपकेन्द्र सम्बन्धित वडा कार्यालयले तोकेका विद्यालयहरुमा राखिएको छ । पहिलो मात्रा खोप लगाएको खोप कार्ड देखाएर दोस्रो मात्रा लगाउन सकिने पनि महानगरपालिकाले जनाएको छ ।