देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा जोरबिजोर हटाउने तयारी

देशान्तर

काठमाडौं- काठमाडौं उपत्यकामा भोलिबाट सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइने भएको छ ।

भोलिबाट जोरबिजोर प्रणाली हटाउने तयारी स्वरुप काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासनबाट आदेश जारी गर्ने तयारी गरिएको छ ।

गृहमन्त्रालय स्रोतकाअनुसार गृह मन्त्रालयले जोरबिजोर प्रणाली हटाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेका छ ।

सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि विद्यालय भने तत्काल नखोल्ने बताइएको छ ।

काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सवारी चाप कम गर्न भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

जोरबिजोरले सार्वजनिक सवारीमा झनै बढी चाप बढेको भन्दै प्रशासनको आलोचना भएपछि सार्वजनिक सवारीमा जोरबिजोर हटाइएको थियो ।

निजी सवारीमा जोरबिजोर प्रणाली लागू गरिए पनि कार्यान्वयन भने फितलो देखिएको छ ।