देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

देशान्तर

काठमाडौं-नेपालमा आज १७१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । पछिल्लो केही दिनयता परीक्षण कम हुँदा संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४ हजार ७७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै थप ९ जनाको मृत्यु भएको छ । देशभरी सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

आजसम्म देशभरी ९ लाख ६५ हजार २२२ जनामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकोमा ९ लाख ६३९ जना डिस्चार्ज भएका छन् ।