देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रगत अभाव कम गर्न बीसीएका विद्यार्थीले बनाए उपयोगी एप

देशान्तर

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष ८० करोड १० लाख युनिट भन्दा बढी रगत संकलन गरिन्छ । तर पनि रगतको अभावले अस्पतालको बेडमा कयौं बिरामी छटपटाइरहेका हुन्छन् ।

जुन समस्या नेपालमा समेत विद्यमान छ । यस्तोमा कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन् । जसको नाम हो ‘नेपाली ब्लड डोनर’ ।

एप डेभलपर गिरिजाप्रसाद भट्टराईले उक्त एप सन् २०२० मा गुगल प्लेस्टोरमा सार्वजनिक गरेका थिए । एप निर्माण गर्न छ महिनाको समय लागेको उनले बताए ।

नेपालमा पनि कोरोनाको संक्रमण उच्च भइरहेका बेला तत्कालीन अवस्थामा रक्तदानमा हुने समस्या समाधान गर्न सकिन्छ कि भनेर उनले यो एप निर्माण गरिएको टेकपानासँग बताए । भट्टराई हाल झापाको मेची बहुमुखी क्याम्पसमा बीसीए अन्तर्गत आठौं सेमेस्टरमा अध्ययनरत छन् ।

अध्ययनको क्रममा भट्टराईले मोबाइल प्रोग्रामिङका लागि एप बनाउने योजना बनाएका थिए । तर तत्कालीन अवस्था र कोभिडको महामारीलाई मध्यनजर गर्दै उनले ‘नेपाली ब्लड डोनर’ प्ले स्टोरमा राख्ने गरी सर्भर किनेर काम गर्न थाले ।

झापाको रेडक्रसले रक्तदाताको सूची उपलब्ध गराएको थियो । उनले पहिलो भर्सनमा त्यही डेटा अपलोड गरे । उनी अध्ययन सँगै फ्रिल्यान्सिङ काम पनि गरिरहेका हुन्छन् ।

पुरानो भर्सनमा प्रयोगकर्ता बढ्न थालेसँगै एपमा अन्य फिचरको माग पनि बढ्न थाल्यो । फलस्वरूप उनले जनवरी ३१ मा परिमार्जित भर्सन सार्वजनिक गरे ।