देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्यूठान जिप दुर्घटनाका सबै मृतकको पहिचान खुल्यो

देशान्तर

काठमाडौँ – प्यूठानमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् ।

त्यस्तै, ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री र १८ वर्षीया विपना जिसी रहेका छन् ।

दुर्घटनामा बेहुला र बेहुली पनि घाइते भएका छन् । गम्भीर घाइते दुलही रीमा जिसी, नरेश खड्का र हरि बुढा मगरलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइते दुलहा दान हादुर खड्का र सावित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।

शनिबार बिहान ओखरपाटामा ग १ज ५०९२ नम्बरको जिप दुर्घटना भएको थियो । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा बिहान ३ बजे जिप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।