देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हृदयघातका कारण पत्रकार राईको निधन

देशान्तर

काठमाडौँ — पत्रकार कमलराज राईको हृदयघातका कारण बिहीबार निधन भएको छ । हृदयघातका कारण ४५ वर्षको अल्पायुमै निधन भएको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जनाएका छन् ।

माघ २० गते बिहीबार दिउँसो हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पताल पुर्‍याइएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन दिउँसो ४ बजे निधन भएको हो ।

लामो सयमदेखि काठमाडौंमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए ।