देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुन १ गतेदेखी भौतिक उपस्थितिमै पढाउन सुझाव

देशान्तर

काठमाडौं – कोरोनाका कारण बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।

उनका अनुसार छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव,स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।

उनले आगामी आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को बैठक बस्ने जानकारी पाएको बताए। नेपालमा कोरोना संक्रमणदर फेरि बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। जोखिम कायमै भएपछि विदा लम्ब्याएर माघ मसान्तसम्म पुर्‍याएको थियो।