देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप ३६३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

देशान्तर

काठमाण्डौँ-पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।