देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा १७२२ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं- काठमाडौं उपत्यकामा सोमवार १ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार काठमाडौं जिल्लामा १ हजार ३ सय ६१ जना, ललितपुरमा २ सय ७१ जना र भक्तपुरमा ९० जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।