देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा २९४० जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौं जिल्लामा २१५३ जना, ललितपुर जिल्लामा ५१९ जना र भक्तपुर जिल्लामा २६८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको शुक्रबारको अध्यावधि विवरणअनुसा, हालसम्म नेपालमा ५१ लाख ९९ हजार ४९५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ५३ हजार ३९५ एन्टीजेन परीक्षण गरिएको छ भने १३९ जना क्वारेन्टाइनमा बसेका छन् ।