देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पा जिल्ला प्रशासनको सेवा स्थगित

देशान्तर

पाल्पा-जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।

कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।

शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिए ।

शुक्रबारदेखि यही माघ २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।