देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कञ्चनपुरका कारोना संक्रमितको धनगढीमा मृत्यु

देशान्तर

धनगढी- धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शुक्रबार कञ्चनपुर भिमदत्त नगरपालिका(८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाईते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए ।

त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो । संक्रमित भएपछि अस्थायी कोरोना अस्पताल धनगढीमा उनको उपचार भैरहेको थियो ।

उपचाररत उनको ८स्५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।