देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी नेता पोखरेललाई पनि कोरोना संक्रमण

देशान्तर

काठमाण्डौँ -माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ ।

बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पुष्टी भएको नेता पोखरेलको सचिवालयले जनाएको छ । उनलाई यो दोस्रो पटक कोरोना संक्रमण भएको हो ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आइसोलेसनमा बसेका छन् ।