देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको खोप लगाउन घुस लिएको आरोपमा दुईजना स्वास्थ्यकर्मी पक्राउ

देशान्तर

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाउन घुस लिएको आरोपमा बुधबार दुईजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जोनसन एन्ड जोनसन खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई पक्राउ गरिएको हो ।

अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।